रोमाञ्चक खेलमा बराबरीमा रोकियो क्रोएसिया
काठमाडौँ । इन्जुरी समयमा गोल खाँदै क्रोएसिया युरो २०२४ मा बराबरी खेल्न बाध्य बनेको छ । बुधबार राति भएको खेलमा क्रोएसिया र अल्बानियाबिचको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको ।
पहिलो खेलमा स्पेनसँग ३–० ले स्तब्ध बनेको क्रोएसिया अल्बानियासँग ११ औँ मिनेटमा नै पछि परेको थियो । क्वाजिम लासीले अल्बानियाका लागि गोल गरे ।
अर्को पराजयतर्फ अघि बढिरहँदा ७४ औँ मिनेटमा आन्द्रेज क्रामारिचले बराबरी गोल फर्काए । २ मिनेटपछि टोलीले आत्मघाती गोल उपहार पायो । क्लाउस जासुलाले आफ्नै पोस्टमा गोल गरेपछि क्राएसियाले खेलमा अग्रता लियो ।
खेलको अन्त्यतिर लुका मोड्रिचले टोलीको अग्रता फराकिलो बनाउने अवसर पाएका थिए । तर, उनको प्रहार देब्रे पोस्ट नजिकबाट बाहिरिएको थियो ।
इन्जुरी समयमा आफूले यसअघि गरेको गल्तीको पूर्ति गर्दै जासुलाले ९५ औँ मिनेटमा अल्बानियाका लागि बराबरी गोल फर्काए ।
बराबरीसँगै समूह बी क्रोएसिया १ अङ्कसहित पुछारमा रहेको छ । समान अङ्क भए पनि अल्बानिया गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । समूहमा स्पेन र इटाली क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण