अत्यधिक गर्मीका कारण हज यात्राका क्रममा साउदीमा ६ सय बढीको मृत्यु

काठमाडौँ । अत्यधिक गर्मीका बिच साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु हुनेको सङ्ख्या ६ सय नाघेको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्ध वृद्धा र दीर्घरोगीहरुको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया लगायत देशका नागरिकहरू छन् । भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको त्यहाँस्थित कूटनीतिक नियोगलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् ।
हज यात्राका क्रममा बर्सेनि यत्तिका सङ्ख्यामा हजयात्रीहरुको मृत्यु गरेको छ । तर यो वर्ष अझै समय बाँकी रहेकाले विगतभन्दा धेरैले ज्यान गुमाउनुपर्ने स्थिति बनेको अधिकारीहरूले बताएका छन् । ‘यो हरेक वर्ष हुन्छ । यो पनि निरन्तरता नै हो । तर अब केही दिनमा यो अझै बढेर जाँदै छ भन्ने कुरा चाँहि हाम्रो लागि जोखिमपूर्ण हो,’ एक अधिकारीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षी दलहरूको एक स्वर : भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्छ
-
अनेरास्ववियुको मतदान समय ३ घण्टा थप
-
७० वर्षे उमेरहदको बहस र विद्याको ‘सक्रियता’ले एमालेमा तरङ्ग
-
दुर्घटनाग्रस्त विमानमा ५३ जना बेलायती नागरिक सवार
-
बैङ्किङ कसुरमा फरार प्रतिवादी पक्राउ
-
अहमदाबाद विमान दुर्घटना : एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले के भने ?