प्रधानमन्त्रीलाई ठाकुर गैरेको प्रश्न : प्रस्तावित बजेटको समर्थन गर्नुहुन्छ कि विरोध ?
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रतिनिधिसभामा प्रस्तावित बजेट विनियोजनप्रति असन्तुष्टि पोखेका छन् । बिहीबार संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा गैरेले बजेट विनियोजनप्रति असन्तुष्टि पोखेका हुन् । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रु.तीन करोडभन्दा कम बजेट विनियोजन नहुने यसअघि गरेका घोषणाको उपहास भएको उनले टिप्पणी गरे ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू, आर्थिक वर्ष २०८१/८२ बजेट पास गर्ने प्रक्रियामा भएकाले संविधानको मर्म र भावना बमोजिम सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकारले रु तीन करोडभन्दा कम रकम विनियोजन नगर्ने घोषणा गर्नुभएको थियो । तर विनियोजन बजेटमा पाँच लाखदेखि हजारसम्म विनियोजन गरेको पाइन्छ ।
यो बजेट विनियोजनले तपाईँले गर्नुभएको घोषणाको उपहास भएन र ? यस्तो काम गर्ने मन्त्रीहरूलाई पुरस्कृत गर्नुहुन्छ वा के गर्नुहुन्छ ? प्रस्तुत बजेटको समर्थन गर्नुहुन्छ कि विरोध ? अथवा सच्चाउन निर्देशन दिनुहुन्छ ?, प्रधानमन्त्रीमाथि उनले प्रश्ने गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण