किन भियतनाम पुगे पुटिन ?
हनोई । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनाम आइपुगेका छन् । बिहीबार बिहान १ः४० बजे उनको विमान राजधानी हनोईको नोई बाई विमानस्थलमा अवतरण भएको थियो ।
विमानस्थलमा पुटिनलाई भियतनामका उप–प्रधानमन्त्री ट्रान हङ्ग र कम्युनिस्ट पार्टी भियतनाम (सीपीसी)का केन्द्रीय समितिका प्रमुख ली होआई ट्रङ्गले स्वागत गरेका थिए ।
रुसको सरकारी मिडिया आरटीएसका अनुसार भियतनामका राष्ट्रपति टो लाम, प्रधानमन्त्री फाम मिन्ह चिन्ह समेत शीर्ष भियतनामी अधिकारीहरूसँग पुटिनले भेटवार्ता गर्दैछन् । यो वार्तामा दुवै देशबिच आर्थिक साझेदारी, व्यापार, वैज्ञानिक र प्राविधिक सहयोगको साथमा अन्य विषयमा छलफल हुने बताइएको छ ।
युक्रेन युद्धका कारण पश्चिमी देशहरूले रुसलाई एक्लो पारेका छन् । यस्तोमा पुटिन अमेरिका र पश्चिमी देशहरूसँग कुटु सम्बन्ध भएका देशतर्फ मित्रताको हात बढाउने र आफ्ना मित्र राष्ट्रहरूसँगको सम्बन्ध दिगो बनाउन खोजिरहेका छन् । यो पुटिनका पाँचौँ भियतनाम भ्रमण हो ।
गएको वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चिनफिङले अरूको पक्ष नलिन भियतनामसँग आश्वासन लिन खोजेका थिए । यस्तोमा पुटिनको यो भ्रमण भियतनामका लागि रुससँगको सम्बन्ध थप कसिलो पार्ने अर्को अवसर हुनेछ ।
रुस भियतनामको अहम् रक्षा साझेदार हो । अमेरिकी प्रतिबन्धका बाबजुद भियतनामले गएको वर्ष रुसी सैन्य उपकरण किन्न खोजेको थियो ।
पुटिनलाई भ्रमणको निम्ता दिएपछि अमेरिकाले भियतनामलाई गाली गरेको थियो । अमेरिकाले कुनै पनि देशले पुटिनको युद्ध नीति प्रवर्द्धन गर्न मञ्च दिन नहुने बताएको थियो । यही हप्ता लामले भने स्थानीय रुसी राजदूतलाई हानोईले आफ्नो विदेश नीतिमा सधैँ रुसलाई शीर्ष प्राथमिकता भएको साझेदारको रुपमा राख्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण