भारतीय दूतावासले लुम्बिनीमा मनायो योग दिवस
काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बिहीबार बृहत् योग प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । दूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
‘स्वयम् र समाजका लागि योग’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यति महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा राजदूतावासलाई धन्यवाद दिए ।
स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी चेतना जगाउन मद्दत गर्ने बताउँदै उनले योग सबैका लागि आवश्यक रहेको बताए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा तोकेपछि योग एउटा ग्लोबल फेनोमेनन बन्न पुगेको बताए ।
शान्ति र सद्भावको प्रतीक लुम्बिनीको पवित्र भूमिले योगको अनन्त अभ्यासलाई उत्सवको रूपमा मनाउनका लागि उपयुक्त वातावरण प्रदान गरेको समेत उनले बताए । राजदूत श्रीवास्तवले लुम्बिनी विकास कोषसँग सहकार्य गरी राजदूतावासले हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस लुम्बिनीमा मनाउने पनि घोषणा गरे ।
सो कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीका साथै सोही क्षेत्रका करिब एक हजार जनाको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण