गण्डकी सरकारको बजेटबाट ५० करोड हरायो, संसद् स्थगित
पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको हिसाब नमिलेपछि प्रतिपक्षी दलले संसद् बैठक अवरुद्ध गरेकाे छ । सरकारले ल्याएको बजेटको हिसाब नमिलेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठक रोेकेको हो ।
एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बजेटको हिसाब नमिल्दासम्म संसद् अघि बढ्न नसक्ने बताए । बजेटको पूरा आकार र खर्च व्यहोर्ने स्रोतको हिसाब नमिलेको हो ।
४९ करोड ९ लाख ७५ हजारको हिसाब नमिलेको देखिन्छ । सरकारले आगामी वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटको स्रोत नेपाल सरकार र आन्तरिक आम्दानी हो ।
सङ्घ सरकारबाट वित्तीय समानीकरण शीर्षकमा ७ अर्ब ६३ करोड ८८ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख पाउने अनुमान छ । यस्तै, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानमा ३ अर्ब १० करोड ११ लाख, समपूरक अनुदानमा १ अर्ब १९ करोड र विशेष अनुदानमा ६५ करोड ५५ लाख पाउने अनुमान छ ।
प्रदेशको आन्तरिक श्रोतबाट ५ अर्ब १७ करोड प्राप्त हुने अनुमान छ भने चालू वर्षमा खर्च नभएको २ अर्ब ९४ करोड तथा बाँकी १ अर्ब ७० करोड आन्तरिक ऋण लिने प्रस्ताव छ । यो सबै शीर्षक जोड्दा ३२ अर्ब ४८ करोड ७६ लाख मात्रै हुन्छ । विपक्षी दल एमालेले बिग्रिएको हिसाब खोजेका छन् ।
‘यो हिसाब कसरी मिल्छ ? सरकारको प्रष्टीकरण के हो ?,’ दलका उपनेता लीलाबहादुर थापाले भने, ‘संसद् चल्नुअघि हिसाब मिल्नुपर्छ ।’ अघिल्लो वर्ष पनि उनले बजेटको हिसाब नमिलेकोमा प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण