सूर्यकुमारको अर्धशतक, भारतद्वारा १ सय ८२ रनको लक्ष्य प्रस्तुत
ब्रिजटाउन । सूर्यकुमार यादवको शानदार अर्धशतकको मद्दतले भारतले अफगानिस्तानसामु जितका लागि १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको हो ।
खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन । तेस्रो ओभरमा नै कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भए । त्यसपछि ऋषभ पन्त र विराट कोहलीले २५ बलमा ४३ रनको साझेदारी गर्दै स्कोर अगाडि बढाए । कोहलीले २४ बलमा २४ रन बनाए भने पन्तले ११ बलमा ४ चौका हिर्काउँदै २० रन जोडे ।
सूर्यकुमार यादवले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २८ बलमा ५३ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे । यादवले हार्दिक पाण्ड्यासँग मिलेर ३७ बलमा ६० रन जोडे । हार्दिकले २४ बलमा ३२ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।
अक्षर पटेलले १२ रन बनाए भने शिवम दुवेले ७ बलमा १० रन जोडे । अफगानिस्तानका लागि फजलहल फारुकी र रासिद खानले ३–३ विकेट लिए । फारुकीले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिए । उनी यो विश्वकपमा सर्वाधिक विकेट खेलाडी पनि हुन् । कप्तान खानले ४ ओभरमा २६ रनमात्र दिएका थिए ।
टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को यो पहिलो खेल हो । यो समूहमा अस्ट्रेलिया र बंगलादेश पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण