बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बुटवलमा आगो नियन्त्रण गर्न तीन जिल्लाका दमकल

बिहीबार, ०६ असार २०८१, २३ : १९
बिहीबार, ०६ असार २०८१

बुटवल  । बुटवलको मिलन चोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ ।  बिहीबार साँझ सो कम्प्लेक्समा आगलागी  भएको हो । 

आगलागी नियन्त्रणमा लिन रुपन्देही, कपिलवस्तु र नवलपरासीका १५ वटा दमकलको प्रयोग गरिएको  छ ।

साँझ साढे ६ बजेतिरबाट लागेको आगो नियन्त्रणमा लिनका लागि  रुपन्देही, नवलपरासी र कपिलवस्तुका १५ वटा दमकलको प्रयोग गरिएको तर पूर्ण रूपमा ननिभेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए । 

उनले ठुलो आगो नियन्त्रण भए पनि पूर्णतया नियन्त्रणमा आउन अझै केही समय लाग्ने बताए । आगोले करोडौँको समान जलेर ध्वस्त भएको तर क्षतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप