बुटवलमा आगो नियन्त्रण गर्न तीन जिल्लाका दमकल
बिहीबार, ०६ असार २०८१, २३ : १९
बुटवल । बुटवलको मिलन चोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ । बिहीबार साँझ सो कम्प्लेक्समा आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा लिन रुपन्देही, कपिलवस्तु र नवलपरासीका १५ वटा दमकलको प्रयोग गरिएको छ ।
साँझ साढे ६ बजेतिरबाट लागेको आगो नियन्त्रणमा लिनका लागि रुपन्देही, नवलपरासी र कपिलवस्तुका १५ वटा दमकलको प्रयोग गरिएको तर पूर्ण रूपमा ननिभेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए ।
उनले ठुलो आगो नियन्त्रण भए पनि पूर्णतया नियन्त्रणमा आउन अझै केही समय लाग्ने बताए । आगोले करोडौँको समान जलेर ध्वस्त भएको तर क्षतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण