दोलखामा ४ हजार बालबालिकाको मुटु परीक्षण
दोलखा । दोलखाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परीक्षण गरिएको छ । जिल्लाका भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाका बालबालिकाहरुको मुटु परीक्षण गरिएको हो ।
बुधवार भीमेश्वर नगरपालिकाबाट सुरु गरिएको शिविरमा विद्यालयका बालबालिकाको जन्मजात मुटुरोग जाँच गरिएको थियो । सो क्रममा विद्यालयमा अध्ययनरत २ हजार ९ सय ८३ जना बालबालिकाको मुटु परीक्षण गरिएको थियो ।
बुधवार दोलखाको सदरमुकाम चरिकोटमा विभिन्न विद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकाको मुटु परीक्षण गरिएको शिविर आयोजनाका समन्वयकर्ता दोलखाका बुद्धिजीवी तथा राप्रपाका नेता कुमार कार्कीले जानकारी दिए ।
बिहीबार दोलखाको शैलुङ गाउँपालिकाका १ हजार ११ जना बालबालिकाको मुटु परीक्षण गरिएको शिविरमा संलग्न डाक्टर तथा मुटु रोग विशेषज्ञ प्रेमराज वैद्यले बताए ।

शैलुङमा रहेको शारदा माविमा आयोजना गरिएको शिविरमा १ हजार ११ जनाको परीक्षणका क्रममा ६ जनामा मुटुमा समस्या देखिएको र तीन जनाको तुरुन्तै उपचार गर्नुपर्ने देखिएको डाक्टर वैद्यले बताए ।
चरिकोट र शैलुङमा गरी मुटु परीक्षण शिविरका क्रममा १ सय ७८ जनाको इको गरिएको थियो । जसमध्ये १२ जना बालबालिकामा गम्भीर मुटु रोग समस्या देखिएको परीक्षणमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
गम्भीर समस्या देखिएका १२ जना बालबालिकालाई चीनको फुवाई युनान कार्डियोभास्कुलर अस्पताल लगेर निःशुल्क उपचार गरिने अन्नपूर्ण न्युरो अस्पतालका वरिष्ठ सर्जन वसन्त पन्तले जानकारी दिए । अन्नपूर्ण अस्पताल र फुवाई युनान कार्डियो भास्कुलर अस्पताल चीनको आयोजनामा विद्यालयका बालबालिकाको मुटु परीक्षण गरिएको हो ।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट मुटुको निःशुल्क (सामान्य) जाँच तथा इको समेत गरिएको थियो । शिविरको सम्पूर्ण व्यवस्थापकीय कार्य राप्रपाका केन्द्रीय सहायक कोषाध्यक्ष तथा समाजसेवी शोभित उप्रेतीले गरेका थिए ।
शिविरमा मुटु परीक्षणमा संलग्न चीनको फुवाई युनान कार्डियोभास्कुलर अस्पतालका डाक्टर लु जियाङले नेपालमा अन्य देशमा जस्तो मुटुका रोगी बालबालिका नभेटिएकोप्रति खुसी व्यक्त गरे । शुक्रबार शिविर सिन्धुपाल्चोकमा सञ्चालन हुने अन्नपूर्ण न्युरो अस्पतालका डाक्टर समीर आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण