‘म्याङ्गो फेस्ट’ सुरु, यी स्थानबाट खरिद गर्न सकिन्छ विषादीरहित आँप
काठमाडौँ । नेपाली आँपलाई बजारीकरण गर्नका लागि ‘म्याङ्गो फेस्ट’सुरु भएको छ । किसान भेन्चर र काठमाडौँ अर्गानिक्सले संयुक्त आयोजना गरेको ‘म्याङ्गो फेस्ट’ तीन दिनसम्म जारी रहनेछ । ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ सो मेला आयोजना भएको हो ।
मेलामा सर्लाही, सप्तरी र सिराहाका ५० किसानबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका १५ प्रजातिका आँप प्रदर्शनीमा राखिएको छ ।
आँपको मेला पानीपोखरीस्थित वालनट विस्ट्रो, काठमाडौँ अर्ग्यानिक, उत्पला क्याफे बौद्ध, द गार्डेन झम्सिखेलमा लागेको छ । सो स्थानबाट रसायनरहित आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू बिक्री गर्न सकिने छ ।
सो मेलाबाट ग्राहकले आँप, अचार, आँपको पाउडर, डिहाइड्रेड म्याङ्गो, जाम लगायतका सामाग्री खरिद गर्न सक्नेछन् ।
आयोजक सदस्य भुवन केसीका अनुसार मेलामा माल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरी लगायत आँप सस्तोमा खरिद गर्न सकिने छ ।
सो मेलामा बिक्री गरिने आँप प्राकृतिक रूपले पाकेको र विषादीसहित रहेको उनको दाबी छ । ‘म्याङ्गो फेस्ट २०८१’ नेपालमा पहिलो पटक आयोजना भएको आयोजकको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण