सर्वदलीय बैठक नबस्दा बागमती प्रदेशसभा बैठक प्रभावित
हेटौँडा । बजेटका त्रुटि सच्याउन बोलाइएको बागमती प्रदेशको सर्वदलीय बैठक बस्न नसक्दा प्रदेशसभा बैठक नै प्रभावित बनेको छ । शुक्रबार बिहान १० बजे बोलाइएको सर्वदलीय बैठक सरकार पक्षको आन्तरिक असमझदारीले बस्न नसकेको बताइएको छ । सर्वदलीय बैठक बस्न नसकेपछि ११ बजेलाई बोलाइएको प्रदेशसभा बैठक पनि अनिश्चित भएको छ ।
प्रतिपक्षले बिहीबारको प्रदेशसभा बैठक अवरुद्ध गरेपछि सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित गरिएको थियो । बजेटमा रहेको त्रुटि सच्याउन अर्थमन्त्री जगन्नाथ थपलियाले मन्त्रालयका कर्मचारीलाई दिएको निर्देशन कर्मचारीले पालना नगर्दा दुवै बैठक प्रभावित भएको बुझिएको छ ।
‘बजेटको असन्तुलन, नीति तथा कार्यक्रम र बजेटमाथिको त्रुटि सच्याउने भनिएको थियो । सोहीअनुसार अर्थमन्त्री जगन्नाथ थपलियाले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका थिए’, स्रोतले भन्यो, ‘तर अर्थमन्त्रीको निर्देशन कर्मचारीले मानेनन् ।’
कर्मचारीको यस्तो जवाफपछि अर्थमन्त्री थपलियाले त्यसो भए बजेट नै पुनर्लेखन गर्न निर्देशन दिएका थिए । तर कर्मचारीले मन्त्री थपलियाको यो निर्देशन पनि सुनेको नसुन्यै गरेपछि समस्या भएको बताइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण