केजरीवालको जमानतविरूद्ध उच्च अदालत पुग्यो ईडी
नयाँ दिल्ली । रक्सी घोटालामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिइएको जमानतको विरुद्ध प्रवर्तन निर्देशनालय (ईडी) उच्च अदालतमा पुगेको छ । अतिरिक्त सोलिसिटर जनरल एसभी राजुले अदालतबाट तुरुन्त सुनुवाइको माग गरेका छन् । तर केजरीवालका वकिलहरूले ईडीको यो याचिकाको विरोध गरेका छन् ।
न्यायाधीश सुधीरकुमार जैन र रवीन्द्र डुडेजाको व्यावसायिक इजलासले मुद्दाको फाइल आफूहरूसमक्ष आएपछि छिट्टै यस निवेदनको सुनुवाइ गर्ने बताए । ईडीको याचिकामा एक घण्टामा सुनुवाइ सुरु हुन सक्ने बताइएको छ । ईडीले केजरीवाललाई दिइएको जमानतको विरुद्ध उच्च अदालतमा याचिका दायर गरेर चाँडै सुनुवाइ गर्नुपर्ने गरेको थियो । यो मागलाई उच्च अदालतले स्वीकार गरेको थियो ।
कथित मदिरा घोटाला मुद्दामा तिहाड जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले बिहीबार जमानत दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण