अदालत
रविविरुद्धको मुद्दामा न्यायाधीश मल्लको प्रश्न– संसदीय छानबिन समितिलाई कसरी हेर्ने ?
शुक्रबार, ०७ असार २०८१, १२ : ५३
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ भइरहेको छ । उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको हो ।
बहसका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । आज रिट निवेदकका तर्फबाट अनुपम भट्टराईले बहस गरिसकेका छन् भने त्यसपछि अधिवक्ता रमण कर्णले बहस गरिरहेका छन् । उनीपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नेछन् ।
बहसका क्रममा न्यायाधीश सपना प्रधान मल्लले सहकारी प्रकरणको अनुसन्धान गर्न गठन गरिएको संसदीय छानबिन समितिलाई कसरी हेर्ने भन्दै प्रश्न गरेकी थिइन् । साथै महान्यायाधिवक्ताको पत्र वैधानिक छ कि छैन भनेर उनले बहसमा सहभागी अधिवक्ताहरूलाई प्रश्न सोधेकी थिइन् ।
रिटकर्ताको तर्फबाट बहस सकिएपछि सरकार र लामिछानेका वकिलले बहस गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण