बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपालमा पहिलो पटक आँप मेला, तस्बिरहरु

शुक्रबार, ०७ असार २०८१, १४ : ३७
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । नेपालमा पहिलो पटक आँप मेला सुरु भएको छ । शुक्रबारदेखि नेपालको उत्पादनलाई समर्थन गरौँ, ताजा र स्वादिलो आँपको आनन्द उठाऊ भन्ने मूल नाराका साथ राजधानीको वालनत विष्ट्रो, उत्पाला क्याफे र ललितपुरको द हेरिटेज गार्डेनमा आँप मेला भएको हो ।  

मेला किसान भेन्चर र काठमाडौँ अर्गानिक्सको संयुक्त आयोजनामा सञ्चालन गरिएको छ । असार ९ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका सर्लाही, सप्तरी र सिरहाका ५० जनाभन्दा बढी किसानहरूबाट आँप खरिद गरी ल्याएको हो । मेलामा मल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरीलगायत १५ प्रकारका आँप र आँपबाट उत्पादन गरिएका परिकार राखिएको छ ।

mango-fair (1)mango-fair (2)mango-fair (3)mango-fair (4)mango-fair (5)mango-fair (6)mango-fair (7)mango-fair (8)mango-fair (9)mango-fair (10)mango-fair (11)mango-fair (12)mango-fair (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप