बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

शुक्रबार, ०७ असार २०८१, १६ : ४२
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । एनआईसी एशिया बैंकले  ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । 
 बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएको भन्दै बैंकले यस्तो आग्रह गरेको हो । 

 बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा रहेको PAN Update विकल्पमा ट्याब गरी ग्राहकले आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्न सक्नेछन् । 

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको बैंकको भनाइ छ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप