गाजामा अमेरिकी सेनाले पुर्याए ६ टन सहायता सामाग्री
रफाह । अमेरिकी सेनाले गाजाको तटमा सहायता पुर्याउन बनाएको अस्थायी तटबन्ध पुनः स्थापित गरेका छन् । त्यहाँबाट राहत सामग्री ल्याउने काम सुचारु भएको छ ।
सेनाका अनुसार बिहीबार ६ हजार टनभन्दा बढी राहत सामग्री यही तटबन्ध हुँदै गाजा पुर्याएको छ । यो एकै दिनको अवधिमा तटबन्धबाट गाजा भित्रिएको राहत सामग्रीको अहिलेसम्मकै ठुलो परिमाण हो ।
अमेरिकी सेनाले गाजाको तटमा ३० करोड डलरको लागतमा यो तटबन्ध बनाएको हो । तीव्र हावा र खराब मौसमका कारण यो तटबन्ध दस दिनदेखि सञ्चालन हुन सकेको थिएन । जुन ८ मा इजरायली सैन्य बन्धकहरूको रिहाइको लागि अपरेसन सुरु भएदेखि संयुक्त राष्ट्र संघले यो तटबन्धको प्रयोग बन्द गरेको थियो ।
इजरायली सेनाले सैन्य कारबाहीमा यो तटबन्ध वरपरको क्षेत्र प्रयोग गरेको थियो । इजरायलले दक्षिणी गाजामा सहायताका लागि सुरक्षित मार्ग स्थापना गर्ने वाचा गरेको थियो । तर यो वाचा अझै पूरा भएको छैन । दक्षिणी सहर रफाहमा इजरायली सेनाको कारबाहीका कारण यहाँको मुख्य चौकी पनि बन्द छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण