संसद्मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद्मा अनिवार्य उस्थिति हुन सांसदलाई निर्देशन दिएको छ । शुक्रबार अपराह्न नयाँ बानेश्वरमा बसेको दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
‘आगामी आर्थिक वर्षको २०८१–८२ को विनियोजित विधेयक बजेट आगामी संसद् बैठकमा निर्णायथ प्रस्तुत हुने कार्यसूची रहेको छ । असार ९ गतेबाट सुरु हुने सबै बैठकमा विनियोजन विधेयक निर्णायथ प्रस्तुत नहुन्जेलसम्मका लागि सबै सांसदलाई अनिवार्य उपस्थिति हुन दलको बैठकले निर्देशन दिएको छ,’ उनले भने ।
संसदमा दलको निर्देशन अनुसार प्रस्तुत हुन सांसदलाई भनिएको लेखकले बताए । ‘बजेटमा के पोजिसन राख्ने भनेर त्यसैबेला निर्णय गर्छौँ,’ उनले भने । प्रतिपक्षको भूमिकामा भएकाले जनताका मुद्दामा मुखतिर भएर संसदमा प्रस्तुत हुन सांसदलाई बैठकले निर्देशन दिएको लेखकले बताए । ‘संसद्का पछिल्ला बैठकमा माननीयहरूको उपस्थिति पातलो देखिएको छ । त्यसैले नेपाली कांग्रेसका माननीयलाई संसदमा उपस्थिति भएर जनताका आवाजलाई उठाउन र प्रतिपक्षको भूमिका क्रियाशीलता पूर्वक निर्वाह गर्न निर्देशन दिएको छ,’ उनले भने ।
बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको लेखकले बताए । ‘यसबारेमा हामीले खर्च कटौतीको प्रस्ताव राखेका छौँ । हामी हाम्रो खर्च कटौतीको पक्षमा उभिन्छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण