बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बद्री पंगेनीसहित १० गायक गायिकाको गीत ‘बसे है पाले दाइ’ हटाउन माग

शुक्रबार, ०७ असार २०८१, २१ : ४४
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रवि कार्की, श्याम राना, बालकुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी, बालिका तामाङको स्वर रहेको लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ विवादमा तानिएको छ । गीत भिडियोको कारण विवादित बनेको हो । 

भिडियोमा स्कुललाई मायाप्रेम गर्ने थलोको रूपमा चित्र गरिएको आरोप लगाइएको छ ।

गीतलाई अन्नपूर्ण गाउँपालिकाको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले गीतलाई युट्युबबाट हटाउन माग गरेका छन् । उनीहरुले संयुक्त बिज्ञपती जारी गर्दै विद्यालय जस्तो ज्ञानको मन्दिरलाई मायाप्रेम गर्ने थलोका रूपमा चित्रण गरेर अपमान गरेको समेत बताएका छन् ।

‘नेपाली लोक सङ्गीत क्षेत्रका प्रतिष्ठित कलाकारहरू मिलेर भर्खरै सार्वजनिक भएको लोकभाका ’बसे है पालेदाइ’ गीतमा प्रयोग भएका शब्द, हाउभाउ र भिडियोमा राखिएको अभिनयका विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विद्यालय जस्तो ज्ञानको मन्दिरलाई माया प्रेम गर्ने थलोका रूपमा चित्रण गर्दै नेपाली राष्ट्रिय गानको अपमान गरी राष्ट्रिय गान गाएको अवस्थामा गरिएका विभिन्न हर्कत खेदजनक छन् । शिक्षकहरूलाई अपमानित हुने गरी राखिएका टुक्का, विद्यालयमा गरिएको छायाङ्कन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेको रूपमा गरिएको चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालय शिक्षाप्रति नै नकारात्मक भाव प्रकट गरेको छ ।’ विद्यार्थीहरूले विद्यालयभित्र नै शिक्षकमाथि अनादर गरेका दृश्यहरूले विद्यार्थीको मानसिकतामा नकारात्मक प्रभाव पार्ने कुरामा समेत उक्त गीतले कुनै ख्याल नगरेको आरोप उनीहरूको रहेको छ ।

उनीहरुले आफ्नो मागलाई बेवास्ता गरेमा गीतलाई बहिष्कार गर्दै गीतसँग सम्बन्धित कलाकारहरूलाई समेत सामूहिक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

‘बसे है पालेदाइ’ गीत तीन दिनअघि सार्वजनिक भएको हो । बालकृष्ण श्रेष्ठको शब्द तथा स्वर्गीय जयनन्द लामाको संगीत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप