दक्षिण अफ्रिकाले साविक विजेता इङ्ल्यान्डलाई दियो १६४ रनको लक्ष्य
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको शुक्रबार जारी खेलमा दक्षिण अफ्रिकाले साविक विजेता इ्ल्यान्डलाई जितका लागि एक सय ६४ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६३ रन बनाएको हो ।
सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डी काकले ६५ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान डी काकले केवल ३८ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काए ।
अर्का ओपनर रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी एक चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यानद्वय डी काक र हेन्ड्रिक्सले ८६ रनको साझेदारी गरेका थिए । चौथो नम्बरका ब्याट्सम्यान डेभिड मिल्लरले पनि टोलीको खातामा अविजित ४३ रन थपे । उनले केवल २८ बलमा दुई छक्का र चार चौका प्रहार गरे ।
इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले तीन विकेट लिए । मोइन अली र अदिल रसिदले एक–एक विकेट हात पारे । ‘सुपर–८’ चरणको ‘समूह–२’मा साविक विजेता इङ्ल्यान्ड र दक्षिण अफ्रिकाको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो ।
यसैगरी इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो । यो खेलमा विजयी हुने टोलीले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो बनाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण