वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोड ४८ लाखको बजेट
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब ३ अर्बको हाराहारीमा बजेट ल्याएको छ । शनिवार वीरगन्जको एक होटलमा आयोजित नगर सभामार्फत उपमेयर इम्तेयाज आलमले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट प्रस्तुत गरेका हुन् ।
चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि महानगरपालिकाले ६२ करोड कम बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा महानगरले ३ अर्ब ५१ करोडको बजेट ल्याएको थियो ।
बजेट प्रस्तुत गर्दै उपमेयर आलमले भने, ‘चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ पच्चिस प्रतिशत रोक्का छ, घरजग्गा रजिस्ट्रेसन आयस्रोत समेत घटेको छ । यी समस्याहरूका कारण आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको हो । ’
नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत राखिएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, सङ्घीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब, २७ करोड ९० लाख, सङ्घीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख छुट्ट्याएको छ ।
त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको उपमेयर आलमले बताएका छन् ।
नगरसभामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरू र कर्मचारीहरूको उपस्थिति थियो । मेयर राजेशमान सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
बजेटको पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण