राजविराज–सखडा खण्ड मर्मत गरिँदै
सप्तरी । वर्षाकाे समयमा राजविराज–सखडा र सखडा–नेउर खण्डमा आवागमनमा समस्या हुने भएकाले पाँच दिनभित्र मर्मत गरिने भएको छ ।
छिन्नमस्ता गाउँपालिकामा सडक डिभिजनका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि बैठकले आवश्यक मर्मतसम्भार गरी आवतजावत सहज बनाउन तत्काल काम सुरु गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । वर्षाले हिलाम्मे भई आवतजावत अवरुद्ध भएको उक्त सडकलाई पाँच दिनभित्र मर्मत गरिने सडक डिभिजन कार्यालय लहानका प्रतिनिधि र ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएका उनले बताए ।
गाउँपालिका अध्यक्ष चौधरीले भने, “पाँच दिनमा सडक स्तरोन्नति गरी वर्षामा सहज आवागमन बनाउने सकमति भएको छ । छैटौँ दिनसम्म काम सम्पन्न जनप्रतिनिधिसहित स्थानीय सडक डिभिजन कार्यालयमा धर्नामा बस्ने निर्णय गरेका छौँ ।”
रुपनी–छिन्नमस्ता २२ किलोमिटर सडकमा बोलपत्र आह्वान भए पनि कामले गति लिन सकेको छैन । अहिले वर्षाको समयमा राजविराज हुँदै छिन्नमस्ता दर्शनका लागि आउनेजाने श्रद्धालुले सास्ती खेप्नु परिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण