बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
वीरगन्जको बजेट

बजेट पारित गराउन वीरगन्ज महानगरले प्रत्येक वडामा बढायो विकास बजेट

शनिबार, ०८ असार २०८१, १८ : ५५
शनिबार, ०८ असार २०८१

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट पारित गराउन प्रत्येक वडाका लागि निकासा गरिने विकास बजेटको आकार बढाएको बढाएको छ । उचित बजेट नदिए वडाध्यक्षहरूले नगर सभा बिथोल्न चेतावनी दिएपछि महानगरले हरेक वडाका लागि विकास बजेटको आकार बढाएको हो । 

वडा नम्बर २५ का अध्यक्ष आशुतोष चतुर्वेदीले आफूहरुको मागपछि बितेका आर्थिक वर्षहरू भन्दा यो वर्ष सबै वडामा गरेर कुल ३८ प्रतिशत चालू खर्च बढाएर बजेट विनियोजन भएको जानकारी दिए । 

उनले भने, ‘वडामा विकास निर्माणका कार्य अझ अपुरो थियो, त्यस कारण हामीले विकास निर्माणका लागि १०० प्रतिशत बढी बजेट विनियोजन गर्न माग गर्‍यौं । तर मेयरले लगातार चलाएको छलफलमा सबै वडाध्यक्षहरुलाई चालू खर्चतर्फ ३८ प्रतिशत बजेट थप्ने सहमति भयो, त्यही सहमति अनुसार हामीले आज बजेट भाषणका लागि पास गरेका हौं ।’

महानगरका अर्का वडाध्यक्ष संजु क्षतकुलीले पनि पहिला सबै वडामा गरेर कुल हरेक वर्ष २३ करोड १८ लाखको हाराहारीमा विकास बजेट आउने गरेको सुनाए । 

तर विकास निर्माणमा बजेट कम भएको भन्दै सबै वडाध्यक्षहरू एकजुट भई विरोध गर्न थालेपछि आगामी आर्थिक वर्षका लागि ३१ करोड भन्दा बढी बजेट विनियोजन गराइएको उनले बताए । 

चालू खर्चतर्फको बजेट कम भएकाले महानगरमा गाभिएका गाउँहरूको अझै पनि विकास हुन सकेको उनको भनाइ छ । 

कुन वडामा कति बजेट ?

महानगरले आगामी आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट ल्याएको छ । महानगरले शनिवार आयोजना गरेको १५ औँ नगर सभामार्फत आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको हो । महानगरमा ३२ वटा वडा छन् । 

आगामी आर्थिक वर्षका बजेटमा ३८ प्रतिशत थप भएपछि सबै वडामा चालूतर्फको बजेट लगभग करोड रुपैयाँ पुगेको छ । 

महानगरले आगामी आर्थिक वर्षका लागि वडा नम्बर १ मा ९१ लाख ८ हजार, २ मा ९६ लाख ६० हजार, ३ मा ८८ लाख ३२ हजार, ४ मा ७७ लाख २८ हजार, ५ मा ७५ लाख ९० हजार, ६ मा ७८ लाख ६६ हजार, ७ मा पनि ७८ लाख ६६ हजार बजेट विनियोजन गरेको छ ।

यसै गरी वडा नम्बर ८ मा ८५ लाख ५६ हजार, ९ मा ७४ लाख ५२ हजार, १० नम्बरमा १ करोड १५ लाख ९२ हजार, ११ मा १ करोड ७ लाख ६४ हजार, १२ मा ९२ लाख ४६ हजार, १३ नम्बरमा १ करोड २ लाख १२ हजार बजेट विनियोजित छ । 

त्यसैगरी वडा नम्बर १४ मा ९६ लाख ६० हजार, १५ मा १ करोड ११ लाख ७८ हजार, १६ मा १ करोड ५० लाख ४२ हजार, १७ मा १ करोड ९ लाख २ हजार, १८ मा १ करोड ७४ हजार, १९ मा ९५ लाख २२ हजार बजेट पठाइएको छ । 

त्यस्तै २० नम्बर वडामा ९३ लाख ८४ हजार, २१ मा १ करोड ३ लाख ५० हजार, २२ मा १ करोड २ लाख १२ हजार, २३ मा ९२ लाख ४६ हजार, २४ मा १ करोड २ लाख १२ हजार, २५ मा ९५ लाख २२ हजार बजेट सिलिङ तथा मार्गदर्शन पठाइएको छ । 

२६ नम्बर वडामा ९९ लाख ३६ हजार, २७ मा १ करोड १० लाख ४० हजार, २८ मा १ करोड ४ लाख ८८ हजार, २९ मा पनि १ करोड ४ लाख ८८ हजार, ३० मा ९३ लाख ८४ हजार, ३१ मा १ करोड ४९ लाख ४ हजार र ३२ नम्बर वडामा १ करोड १८ लाख ६८ हजार बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षमा ३२ वटा वडाहरूमध्ये ३ वटा वडामा सबै भन्दा बढी बजेट विनियोजित भएको देखिन्छ । महानगरको वडा नम्बर १६, ३१ र ३२ मा अन्य वडा भन्दा बढी बजेट विनियोजन गरिएको छ । 

महानगरले वडाहरूलाई आगामी वर्षका लागि पठाएको बजेट सिलिङ तथा मार्गदर्शनमा पत्रमा वडा नम्बर १६ मा १ करोड ५० लाख ४२ हजार, ३१ मा १ करोड ४९ लाख ४ हजार र ३२ मा १ करोड १८ लाख ६८ हजार बजेट राखिएको छ । 

चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि महानगरपालिकाले ६२ करोड कम बजेट ल्याएको उपमेयर इम्तेयाज आलमले जानकारी दिए ।  चालू आर्थिक वर्षमा महानगरको ३ अर्ब ५१ करोडको बजेट कार्यान्वयनमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप