रामेछाप कांग्रेसको झगडामा १८ जनाविरुद्ध पक्राउ पुर्जी, ३ जना पक्राउ
काठमाडौँ । नेपाल कांग्रेस रामेछापको दुईवटा समूहको बिचमा भएको झगडामा संलग्न आरोपमा पक्राउ पर्नेको सङ्ख्या ३ पुगेको छ । दुई समूहका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पक्राउ पर्नेमा सुनापति गाउँपालिका–२ घर भएका ५१ वर्षीय जित बहादुर मगर, खाँडादेवी गाउँपालिका–१ घर भएका २७ वर्षीय चन्द्र बहादुर थापा मगर र बिर बहादुर तामाङ छन् ।
बिर बहादुर तामाङ २९ जेठमा कोटेश्वरबाट पक्राउ परेका हुन् । अरु दुई जनालाई शुक्रबार धुम्बाराहीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।
जेठ ५ मा खाँडादेवी गाउँपालिका–७ स्थित गाल्वामा आयोजित जनजातिहरूको जिल्ला अधिवेशनमा जित बहादुर मगर र बिर बहादुर तामाङ समूहबिच झडप भएको थियो । झडपसँगै अधिवेशन हुन सकेनन् ।
त्यसपछि दुवै समूहले एक अर्काविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गराए । जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । झगडामा एउटा समूहको नेतृत्व बिर बहादुर तामाङ र अर्को समूहको नेतृत्व जित बहादुरले गरेका थिए ।
बिर बहादुर समूह तर्फका १० जना र जित बहादुर तर्फका ८ जनाविरुद्ध रामेछाप जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका आर्थिक नीति र राजस्व अनुसन्धान विभाग खारेजी विरुद्ध सर्वोच्चमा रिट
-
राष्ट्रिय सेवा दल विधेयकमा व्यापक हेरफेरका लागि संशोधन प्रस्ताव
-
सरकारबाट बिजनेस नपाएर कार्यतालिकाबिनै चलिरहेछ प्रतिनिधि सभा
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
-
सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण