रामेछाप कांग्रेसको दुई समूहबिच झगडा, एकजना पक्राउ
मङ्गलबार, २९ जेठ २०८१, १८ : ४८
काठमाडौँ । नेपाल कांग्रेस रामेछापको दुईवटा समूहको बिचमा भएको झगडाको विषयमा अनुसन्धान गर्न प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका घर भएका बिर बहादुर तामाङ छन् । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
जेठ ५ मा खाँडादेवी गाउँपालिका–७ स्थित गाल्वामा आयोजित जनजातिहरूको जिल्ला अधिवेशनमा जित बहादुर मगर र बिर बहादुर तामाङ समूहबिच झडप भएको थियो । झडपसँगै अधिवेशन हुन सकेन ।
त्यसपछि दुवै समूहले एक अर्काविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गराए । जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग
-
युक्रेनलाई इरानको कडा चेतावनी
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण