‘देवी’ न्युजिल्यान्डको ‘डक एज फेस्टिभल २०२४’मा छनोट

काठमाडौँ । पत्रकार सुविना श्रेष्ठद्वारा निर्देशित वृत्तचित्र ‘देवी’ न्युजिल्यान्डको डकुमेन्ट्री फेस्टिभलमा ‘डक एज फेस्टिभल २०२४’ मा एसिया प्रिमियरका लागि छनोट भएको छ ।
पत्रकार श्रेष्ठले निर्देशन तथा विष्णु घिमिरे ‘कल्पित’ले छायाङ्कन गरेको वृत्तचित्र ‘देवी’ यही जुन १९ देखि जुलाई १४ सम्म क्राइस्टचर्च, अकल्यान्ड र वेलिङ्टनमा सिनेमा घरहरूमा हुने डक एज फेस्टिभलमा प्रदर्शनका छनोट भएको हो ।
८० मिनेटको वृत्तचित्रले द्वन्द्वकालमा बलात्कारको सिकार भएका महिलाको न्यायका लागि माओवादी नेतृ देवी खड्काले गरेको सङ्घर्ष र त्यसमा आउने उतारचढावलाई देखाएको छ ।
सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा नेतृ खड्का १७ वर्षको उमेरमा पक्राउ परेकी थिइन् । माओवादीको अभियोगमा आफूलाई यातना दिइएको र हिरासतमा बलात्कार गरेको विवरण उनले डकुमेन्ट्रीमा बताएकी छन् ।
अवसाद र सामाजिक तिरस्कारको सिकार भएकी खड्का त्यसपछि विद्रोहमा होमिइन् ।
उनी माओवादीबाट सांसद समेत बनिन् । निर्देशक श्रेष्ठले यी पात्रमार्फत सशस्त्र युद्धमा बलात्कृत भएर बाँचेकाको मर्मस्पर्शी कथा देखाउँछ । यो फिल्मले एउटा अभियान सिर्जना गर्न सहयोग गर्ने अपेक्षा निर्देशक श्रेष्ठले लिएकी छन् ।
यो डकुमेन्ट्री यसअघि क्यानडामा वर्ल्ड प्रिमियर भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा
-
बाँकेमा धमाधम काम गर्दै भूमि आयोग
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास