क्रिमियामा युक्रेनको क्षेप्यास्त्र आक्रमण, बदला लिने रुसको घोषणा
सोमबार, १० असार २०८१, ०७ : २७
क्रिमिया । रुसको कब्जामा रहेको क्रिमियामा युक्रेनको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै १२० जना घाइते भएपछि रुसले बदला लिने बताएको छ । क्राइमियामा रुसले स्थापना गरेको स्थानीय प्रशासनले मृतकमध्ये तीन बालबालिका पनि रहेको जनाएको हो ।
अधिकारीहरूका अनुसार अमेरिकी निर्मित लामो दुरीका एटीएसीएमएस मिसाइलका टुक्राहरू सेभास्टोपोल बन्दरगाहको उत्तरी तटमा खसेकाले हताहत भएको छ। रुसी टिभीमा प्रसारित रिपोर्टहरूमा मानिसहरू समुद्र तटमा दौडिरहेको देखिन्छ।
यस हमलामा कयौँ व्यक्ति गम्भीर घाइते भएका छन् । अमेरिकाले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिएको कारण यो आक्रमणको जिम्मेवार अमेरिका रहेको रुसको रक्षा मन्त्रालयले बताएको छ ।
रुसले चारवटा क्षेप्यास्त्र हावामा खसालेको तर पाँचौँ क्षेप्यास्त्र विस्फोट हुँदा हताहत भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण