प्रचण्डले अपनाएको रणनीति देशका निम्ति उपयुक्त छैन : आचार्य
सोमबार, १० असार २०८१, १० : ०६
काठमाडौँ । पूर्व राजदूत निलाम्बर आचार्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठुला राजनीतिक दलहरूलाई जोडिन नदिने रणनीति बनाएको टिप्पणी गरेका छन् ।
आचार्यले सामाजिक सञ्जालमार्फत प्रचण्डले दुई ठुला राजनीतिक शक्तिलाई जोडिन पनि नदिने र कुनैलाई एक्लै बलियो बन्न पनि नदिने रणनीति अपनाएको बताएका हुन् ।
‘प्रचण्डजीले दुई ठुला राजनीतिक शक्तिलाई जोडिन पनि नदिने र कुनैलाई एक्लै बलियो बन्न पनि नदिने रणनीति अपनाएको देखिन्छ ’, आचार्यले भनेका छन्, ‘देशको निम्ति यो उपयुक्त छैन ।’
उनले यस्तो अवस्थामा तेस्रो शक्ति उदाउने तत्काल सम्भावना पनि नरहेको बताएका छन् । ‘देशलाई अरू कमजोर बन्न नदिने हो भने कांग्रेस र एमालेले आफ्ना नीतिमा पुनरावलोकन गर्नुपर्छ’, आचार्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण