पानामालाई हराउँदै उरुग्वेको विजयी सुरुवात
काठमाडौँ । स्टार खेलाडी लुइस सुवारेजबिनै मैदान उत्रिएको उरुग्वेले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा उरुग्वेले पानामालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
उरुग्वेको जितमा म्याक्सिमिलानो जाभियर आरुगो, डार्विन ग्याब्रिएल नुनेज र मेटिस निकोलस भिनाले एक एक गोल गर्दा पानामाका मिचेल अमिर मुरिलोले एक गोल फर्काए ।
फ्लोरिडामा भएको खेलमा उरुग्वेले १६ औँ मिनेटमा अग्रता लिएको थियो । मेटिसको पासमा म्याक्सिमिलानोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल भएको खेलमा दुवै तर्फबाट बाँकी ३ गोल दोस्रो हाफमा निस्किएका थिए ।
८५ औँ मिनेटमा नुनेजले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा मेटिस निकोलसले डिइगो निकोलसको पासमा गोल गरेपछि उरुग्वे ३–० को सहज अवस्थामा पुगेको थियो ।
तर, अतिरिक्त चौथो मिनेटमा पानामाका फेड्री गोनडोलाको पासमा मुरिलोले गोल गर्दै अन्तर ३–१ मा झारे पनि हार टार्न पर्याप्त भएन ।
जितसँगै कोपा अमेरिकाको समूह सीमा उरुग्वेले ३ अङ्क जोड्दै आफूलाई शीर्ष स्थानमा राखेको छ । यही समूहका अमेरिकाले पनि सोमबार जित निकाल्दै तीन अङ्क जोडेको थियो । अमेरिका दोस्रो स्थानमा रहँदा पानामा र बोलिभिया अङ्कविहीन हुँदै तालिकाको तेस्रो र चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण