भयानक लडाइँ चाँडै समाप्त हुनेछः नेतान्याहु
रफाह । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजाको रफाह सहरमा जारी आक्रमण छिटै समाप्त हुने बताएका छन् । रफाहमा भयङ्कर लडाई अन्तिम चरणमा रहेको र लगभग समाप्त हुन लागेको उनले बताए । तर यसको मतलब युद्धै समाप्त भयो भन्ने चाहिँ नभएको उनको भनाइ छ । हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहने नेतान्याहुले बताएका छन् ।
हिजबुल्लाहबाट बढ्दो आक्रमणको बिचमा नेतान्याहुको यो अभिव्यक्ति आएको हो । छिट्टै इजरायली सेना लेबनानी सीमामा आफ्नो सेना पठाउन सक्षम हुने पनि उनले बताएका छन् । हमासको सट्टामा वेस्ट बैंकस्थित प्यालेस्टिनी प्राधिकरणलाई गाजामा प्रशासन सञ्चालन गर्न दिने विचारलाई नेतन्याहुले फेरि पनि अस्वीकार गरेका छन् ।
इजरायली सेनाको आक्रमण बढिरहेको र सहरमा इजरायली हवाई हमलामा हमासको स्वास्थ्य मन्त्रालयको आपत्कालीन सेवाका निर्देशक मारिएको रफाहका जनताले बताएका छन् । आक्रमणबाट राहत सामग्री वितरण केन्द्रमा समेत क्षति पुगेको छ । इजरायली सेनाले भने हमासले सो केन्द्रलाई प्रयोग गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण