‘कल्की’को टिकट बुकिङले क्रयास भयो ‘बुक माई शो’को वेबसाइट
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म ‘कल्की २८९८ एडी’ अब केही दिनमै हलमा लाग्दैछ । यतिबेला फिल्मको टिकट धमाधम बिक्री भइरहेको छ ।
यसैबिच फिल्मको टिकट बुकिङ धान्न नसकेर बुक माई शोको वेबसाइट क्रयास भएको छ । आइतबार साँझबाट तमिलनाडु, तेलंगाना र कर्नाटकमा टिकट बुकिङ सुरु भएको थियो ।
फिल्मको टिकट बुक गर्नेको भिडका कारण चिरपरिचित टिकट बुकिङ वेबसाइट नै क्रयास भयो । अहिले जुन गतिमा टिकट बिक्री भइरहेको छ त्यसलाई हेर्दा फिल्मले पहिलो दिनमै विश्वभर २०० करोडको व्यापार गर्न सक्ने बताइएको छ ।
स्याकनिल्कको वेबसाइटका अनुसार भारतमा मात्रै फिल्मका लागि १ लाख ८० हजार ४१५ टिकट बिक्री भइसकेको छ । जसमध्ये १ लाख ४ हजार ७९२ टिकट तेलुगु टूडीका लागि मात्र बिक्री भएका छन् ।
अग्रिम बुकिङबाट अहिलेसम्म फिल्मले ११ करोड ८६ लाख भारु कमाइसकेको छ । फिल्मका लागि तेलंगानामा १ हजार १४७ शो राखिएका छन् । यी मध्ये ३९६ लगभग पूरै छन् । दोस्रो स्थानमा कर्नाटक छ । त्यहाँ फिल्मले ३३३ शो पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण