एआई साझेदारीका लागि एप्पल र मेटा छलफलमा जुटे
क्यालिफोर्निया । सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्म र आइफोन निर्माता कम्पनी एप्पलबीच एआईबारे छलफल भएको छ ।
यस छलफलमा मेटाका जेनरेटिभ एआई मोडललाई एप्पलका उत्पादनमा समायोजन गर्नेबारे कुराकानी भएको बताइएको छ ।
अरू एआई कम्पनीका प्रविधिलाई आइफोनमा राख्ने योजना एप्पलले बनाएलगत्तै यो छलफल भएको हो । एप्पलले माइक्रोसफ्ट समर्थित ओपनएआइएको च्याटजीपीटीमाथि बन्देज लगाइएका चीनलगायत अन्य क्षेत्रमा भने अरू नै एआई कम्पनीसँग साझेदारी गर्ने अपेक्षा गरिएको छ । यसका लागि कम्पनीले एआई स्टार्ट–अप कम्पनी एन्थ्रोपिकसँग छलफल गरिरहेको बताइएको छ ।
यसबारे रोयटर्सको जिज्ञासामा मेटा र एन्थ्रोपिक दुबैले कुनै पनि प्रतिक्रिया दिन मानेका छैनन् । छलफल अन्तिम चरणमा नपुगेकोले बिना निष्कर्ष टुङ्गिन सक्ने पनि बताइएको छ । अन्य प्रविधि कम्पनीहरूले धमाधम एआई फिचर अपनाइरहँदा एप्पल यसबाट टाढै थियो । तर गएको महिना कम्पनीले आफ्नो बहुप्रतिक्षित एआई रणनीति घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण