सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको छः मन्त्री यादव
सोमबार, १० असार २०८१, १४ : १९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताएका छन् ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनयोजन शिर्षकअन्तर्गत बोल्दै उनले लामो समय लाइन बस्नुपर्ने बाध्यता नबनाउन मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइ काम शुरु गरिएको बताएका हुन् ।
उनले हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि बिस्तारित सेवा केही संघीय अस्पतालमा लागू भइसकेको र बाँकी लागू गर्ने क्रममा रहेको बताए । उनले उपत्यकाका ठूला अस्पतालहरुमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, बिस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको पनि बताए ।
मन्त्री यादवले मिर्गौला सम्बन्धी रोगमा ४ लाख ५० हजारसम्म सहुलियत प्रदान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण