बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सांसद पौडेलको प्रश्न : सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो ? .

सोमबार, १० असार २०८१, १४ : ३६
सोमबार, १० असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो भन्दै प्रश्न गरे ।

‘म सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु, सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो । यो देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? जवाफ चाहन्छु,’ पौडेलले भने । 

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूले आफूले भनेको नमानेको कुरा बताएको भन्दै प्रधानमन्त्रीय पद्धतिमा यो  लज्जास्पद कुरा भएको उनले बताए ।  ‘प्रधानमन्त्रीज्यु भन्नुहुन्छ, मेरो निर्देशन कसैले मान्दैन, प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुनसक्छ ?,’ उनको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप