सांसद पौडेलको प्रश्न : सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो ? .
सोमबार, १० असार २०८१, १४ : ३६
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो भन्दै प्रश्न गरे ।
‘म सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु, सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो । यो देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? जवाफ चाहन्छु,’ पौडेलले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूले आफूले भनेको नमानेको कुरा बताएको भन्दै प्रधानमन्त्रीय पद्धतिमा यो लज्जास्पद कुरा भएको उनले बताए । ‘प्रधानमन्त्रीज्यु भन्नुहुन्छ, मेरो निर्देशन कसैले मान्दैन, प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुनसक्छ ?,’ उनको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण