बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ रोमान्टिक पृथ्वीराज र अनु

सोमबार, १० असार २०८१

काठमाडौँ । आगामी साउन ११ गतेदेखि रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारलाई तीव्रता दिन  गीत सार्वजनिक गरिएको हो । 

गीतमा कृष्ण काफ्ले र गीता पाण्डेको स्वर र भीष्मराज फूलाराको शब्द छ । गीतमा अर्जुन पोखरेलको संगीत दिएका छन् ।

गीतमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायांकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा फिल्मका केही दृश्यहरुलाई पनि स्थान दिइएको छ ।

राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका अभिनय छ । 

दिव्या कंगना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्ममा लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया