बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बजेट

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ३ अर्ब ५९ करोडको बजेट (पूर्णपाठ)

सोमबार, १० असार २०८१, १६ : ५९
सोमबार, १० असार २०८१

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष (२०८१/८२) का लागि ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।  जुन चालु आर्थिक वर्षको भन्दा बढी हो । चालु आर्थिक वर्षमा ३ अर्ब २ करोड ६१ लाख बराबरको बजेट ल्याएको थियो । 

नगरपालिकाका नगर उपप्रमुख नीलकण्ठ खनालले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको कुल बजेटमध्ये १ अर्ब ७५ करोड ७३ लाख ६८ हजार अर्थात ७८.९३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ भने १ अर्ब ८३ करोड ४५ लाख अर्थात ५१.०७ प्रतिशत रकम पुँजीगत छुट्टाइएको छ । 

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय वित्तीय सामानीकरण अनुदान २४ करोड १२ लाख, सशर्त अनुदान १ अर्ब ६९ करोड २८ लाख ५१ हजार ३६, सङ्घीय राजश्व बाँडफाँड १८ करोड ९८ लाख ८१ हजार ९०,सङ्घीय सरकार विशेष अनुदान पुँजीगत रु. १ करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान पुँजीगत रु.१ करोड, सङ्घीय सरकार रोयल्टी रु. ८ लाख १८ हजार ८ सय ७३ र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु. २ करोड ९९ लाख १४ हजार रहेको छ । 

यस्तै प्रदेश सशर्त अनुदान रु.२८ करोड १३ लाख ३८ हजार, प्रदेश राजश्व बाँडफाँड रु.६४ लाख ७५ हजार १ सय ४८, घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जनबाट रु.१४ करोड ३६ लाख ५८ हजार ८ सय ५२ र दहत्तर बहत्तर शुल्क रु. २ करोड ५० लाख अनुमान गरिएको छ ।

यस्तै नगरपालिकाको आन्तरिक आय रु.३६ करोड ८३ लाख ४ हजार हुने अनुमान गरिएको छ भने चालु आर्थिक वर्षमा खर्च नभई मौज्दात रहने रकम बाट रु. १८ करोड ७४ लाख २८ हजार रहेको छ । यस्तै सामाजिक सुरक्षा अनुदानबाट रु. ४० करोड रकम पाइने अनुमान गरिएको छ । 

नगर उपप्रमुख नीलकण्ठ खनालले आगामी आर्थिक वर्षमा तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि रु. ३१ करोड ५० लाख विनियोजन गरेका छन् । 

कुन शीर्षकमा कति बजेट ?

—खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ्ग फण्ड (भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि रु. १० करोड

—वडा स्तरीय योजना तथा कार्यक्रमका लागि रु. १७ करोड २० लाख

—मेयरसँग महिला किसान कार्यक्रमका लागि रु. १ करोड ६० लाख

—वडा स्तरीय नगर गौरव आयोजनाका लागि रु. ८ करोड

नगरस्तरीय क्षेत्रगत कार्यक्रमहरू

—कृषि विकास कार्यक्रम तर्फ रु.५६ लाख ५० हजार

—पशुपन्छी विकास कार्यक्रमतर्फ रु.४५ लाख ६० हजार

—उद्यम सहकारी तथा उपभोक्ता हिततर्फ रु.६१ लाख ५० हजार

—जनस्वास्थ्य प्रवर्धन तथा नगर अस्पतालतर्फ रु.४ करोड ५ लाख ५८ हजार

—महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग लगायत अन्यलक्षित वर्गतर्फ रु.१ करोड १६ लाख ३० हजार

—शिक्षा, युवा तथा खेलकुदतर्फ ७ करोड ९० लाख ६७ हजार

—वन, वातावरण, फोहाेरमैला तथा विपद् व्यवस्थापन तर्फ २ करोड ६४ लाख २० हजार

—सार्वजनिक सेवा तथा सुशासनतर्फ २ करोड १७ लाख ४५ हजार

—नगरस्तरीय विविध पूर्वाधार विकास तर्फ २५ करोड ८५ लाख ५० हजार

पूर्णपाठ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप