युरोकप : समूह ‘बी’बाट स्पेन र इटाली नकआउट चरणमा
काठमाडौँ । युरोकपमा स्पेन र इटालीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । मंगलबार बिहान सकिएको खेलमा स्पेनले अल्बानियालाई १–० गोल अन्तरले पराजित गर्दा इटाली र क्रोएसियाले एक –एक गोलको बराबरी खेलेको थियो ।
जितसँगै स्पेन समूह चरणमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ अर्थात् प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।
स्पेनका डानी ओल्मोको पासमा फेरान टोरेसले गोल गरेपछि १३ औँ मिनेटमा अग्रता लिएको थियो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पेनले शतप्रतिशत जिन निकाल्न सफल भयो ।
उता अर्को खेमाल डिफेन्डिङ च्याम्पियन इटालीले अन्तिम समयमा गोल गर्दै बराबरी खेले पछि अन्तिम १६मा स्थान पक्का गर्न मद्दत पुग्यो । क्रोएसिया भने प्रतियोगिताबाट बाहिर भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रोएसियाले सुरुवाती अग्रता लिएको थियो ।
खेलको ५५ औँ मिनेटमा लुका मोड्रिकले गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अतिरिक्त आठौँ मिनेटमा माटेटा ज्याग्नीले रिकार्डोको पासमा गोल गर्दै बराबरीमात्रै गरेनन् की इटालीलाई अन्तिम १६ मा पुर्याए ।
समूह बीबाट स्पेन शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्दा इटाली ४ अङ्कका साथ दोस्रो स्थानमा रहेर पुगेको हो । क्रोएसियाको २ अङ्क हुँदा अल्बानियाको एकमात्र अङ्क रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण