करण जौहरले लिए कफी विथ करणबाट ‘ब्रेक’
नयाँ दिल्ली । बलिउडका चर्चित निर्देशक करण जौहरको टक शो ‘कफी विथ करण’को नयाँ सिजन यस वर्ष नआउने भएको छ । करणको यो शोमा बलिउडमा व्याप्त नेपोटिजमदेखि अधिकांश अभिनेता अभिनेत्रीहरूको लभ लाइफ र अन्य कयौँ किस्सा सुन्न पाइन्थ्यो ।
करण आफैँले पनि शोको पछिल्लो सिजनमा आफूलाई मजा नआएको बताएका थिए । कुनै बेला सेलिब्रेटीहरू करणको शोमा आएर बिन्दास बोल्थे । तर अहिले यसरी बोल्न कम भएको भन्दै करणले आफ्नो शो हेरेर आफैंलाई झुप्प निद्रा लाग्न थालेको बताएका थिए । शोलाई नयाँ तरिकाले प्रस्तुत गर्न एक वर्षको ब्रेक लिन लागेको बताइएको छ ।
शोको नवौँ सिजन आगामी वर्षको उत्तरार्द्धमा आउने छ । सुचारिता त्यागीसँगको एक अन्तरवार्तामा करणले शोको पछिल्लो सिजन कफी विथ करणको र्यापिड फायर इतिहासको सबैभन्दा दिक्क लाग्दो भएको बताएका थिए । शो हेरेर आफैँ माथि ‘म यो के गरिरहेछु ?’ भनेर प्रश्न सोधेको पनि उनले बताएका थिए । उनले शो नयाँ तरिकामा ल्याउने योजना बनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण