विशेष महाधिवेशन गरेर राप्रपा नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ : रेखा थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन पार्टीको विशेष महाधिवेशन गर्दै नयाँ ऊर्जा लिएर अघि बढ्नु पर्ने सुझाएकी छन् ।
राप्रपा भित्रको सुस्त संगठन र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष अधिवेशन गर्न हिचकिचाउनु नहुने र यस्तो कदम पार्टी तथा विचारको हितमा हुने राप्रपा कार्यसम्पादन समिति सदस्यसमेत रहेकी थापाको धारणा छ ।
‘पार्टी प्रक्रियासम्मत ढंगबाट अघि बढ्न सकिराखेको छैन, गुट उपगुट मौलाएको छ । संगठन सुस्त छ, आकर्षणमा कमी छ, यस्तो बेलामा विशेष महाधिवेशन गरेर नयाँ ऊर्जाका साथ अघि बढ्न सके राष्ट्रवादी आन्दोलनले मूर्तरुप लिन्छ । पार्टी र विचारको हित हुन्छ,’ मंगलबार एक्समा थापाले भनेकी छन् ।
पार्टी जीवनमा यस्तो निर्णय लिन हिचकिचाउनु नहुने उनको भनाइ छ ।
पार्टी प्रक्रिया सम्मत ढंगबाट अघि बढ्न सकिराखेको छैन,गुटउपगुट मौलाउदो छ।संगठन सुस्त छ,आकर्षणमा कमि छ,यस्तोबेलामा बिशेष महाधिवेशन गरेर नयाँ ऊर्जाका साथ अघि बढ्न सके राष्ट्रबादी आन्दोलनले मुर्तरुप लिन्छ।पार्टी र बिचारको हित हुन्छ।पार्टी जिबनमा यस्तो निर्णय लिन हिचकिचाउनु हुदैन।#rpp https://t.co/AySenW1lkO
— Rekha Thapa 33 (@rekhafilms) June 25, 2024
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण