सेबोन अध्यक्षका लागि दुईजनाको मात्र नाम सिफारिस गर्न नसकिने
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलतर्फ धकेलिएको छ । सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये तीन जनाले पटकपटक अन्तरवार्ता बहिस्कार गरेसँगै थप नियुक्ति प्रक्रिया कसरी जाने भन्ने अन्योल बढेको हो ।
महान्यायाधिवक्ताको कार्यालयले थप एक जनासहित तीन जनाको नाममा सिफारिस गर्न वा अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गर्न नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिलाई सुझाव दिएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको तीन सदस्यीय धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई आइतबार अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको थियो । तर, सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ बाहेक बाँकी तीन जना उम्मेदवार चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की र डा. नवराज अधिकारी अन्तर्वार्तामा उपस्थिति भइदिएनन् ।
सर्टलिस्टको बहुमत उम्मेदवार आइतबारको अन्तरवार्तामा अनुपस्थित भएपछि छनोट समितिले बुधबार पुनः वार्ताका लागि तीन जनालाई बोलाएको थियो । तर, यस दिन पनि तीनै जना उम्मेदवार अन्तरवार्तामा अनुपस्थित भइदिए ।
यसपछि समितिले अध्यक्ष छनोट प्रक्रियाको थप गृहकार्यका लागि के गर्न सकिन्छ ? भनेर महान्यायाधिवक्ताको कार्यालयले सोधेको थियो । प्रतिउत्तरमा महान्यायाधिवक्ताको कार्यालयले समितिलाई दुई विकल्प दिएको स्रोतको भनाइ छ ।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ४ अनुसार बोर्डको अध्यक्ष छनोटका लागि समितिले अनिवार्य अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ । यही कानुनी प्रावधान अनुसार महान्यायाधिवक्ताको कार्यालयले थप एक जना उम्मेदवारलाई समावेश गरेर अध्यक्षका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्न सकिने विकल्प दिएको स्रोतको भनाइ छ ।
अर्को विकल्पको रूपमा अध्यक्ष छनोट प्रक्रियाको पहिलो तयारी नै रद्द गर्न र पुनः अर्को प्रक्रियामा जान महान्यायाधिवक्ताको कार्यालयले विकल्प दिएको स्रोतको दाबी छ । यसले सेबोन अध्यक्ष छनोट प्रक्रिया थप अन्योलतर्फ धकेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण