खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत
काठमाडौँ । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । सभाको आजको बैठकमा ३१ जना सांसदले राखेको उक्त प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।
यसअघि सभामुख देवराज घिमिरेले खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि सांसद प्रेम सुवाल, डा अमरेशकुमार सिंह, बद्रीप्रसाद पाण्डेय, रमा कोइराला, सञ्जयकुमार गौतम, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य, जीवन परियार, दीलेन्द्रप्रसाद बडू, बीना लामा, रुपा विक, ज्ञानबहादुर शाही र शान्ति विकले खर्च कटौतीको प्रस्ताव राखेका थिए ।
बैठकले सांसद रोशन कार्की, नागिना यादव, तेजुलाल चौधरी, मैना कार्की, राजेन्द्र बजगाईँ, डा धवलशमशेर जबरा, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङ्देन, श्यामकुमार घिमिरे, बुद्धिमान तामाङ, हृदयराम थानी, उदयशमशेर राणा, प्रदीप पौडेल, चन्दा चौधरी, ध्रुवबहादुर प्रधान र पुष्पबहादुर शाहले राखेको खर्च कटौतीको प्रस्तावसमेत अस्वीकृत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
-
१० बजे १० समाचार : विष्णु पौडेललाई मिलेन राहत, सरकारले गर्यो सरुवा र नियुक्तिसहितका निर्णय
-
कार्यकारी प्रमुखमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण