फक्सकोनद्वारा विवाहित महिलालाई काममा राख्न अस्वीकार
नयाँ दिल्ली । आइफोन निर्माता कम्पनी एप्पलका लागि करारमा उपकरणहरू बनाइदिने ताइवानी कम्पनी फक्सकोनले भारतीय कारखानामा विवाहित महिलालाई काममा राख्न अस्वीकार गरेको पाइएको छ ।
सन् २०२३ को मार्चतिरको एउटा घटना सार्वजनिक भएपछि कम्पनीको यो नीतिबारे खुलासा भएको छ । ह्वाट्सएपमा कर्मचारी मागेको विज्ञापन हेरेर दुई दिदीबहिनी पार्वती र जानकी बैंगलुरुस्थित कारखानामा अन्तरवार्ताका लागि गएका थिए ।
तर सुरक्षा गार्डले रोकेर विवाहित हो भनेर सोधे अनि दुबैलाई कारखानाको मुख्यद्वारबाटै फिर्ता पठाइदिए । रोयटर्सले गरेको अनुसन्धानका क्रममा फक्सकोनले भारतस्थित मुख्य आइफोन असेम्बल कारखानामा जागिरबाट प्रणालीगत रुपमै विवाहित महिलालाई अलग्याउने गरेको पाइयो । अविवाहितको तुलनामा विवाहित महिलाहरूमाथि पारिवारिक दायित्व धेरै हुने भएकोले कम्पनीले यस्तो गर्ने गरेको बताइएको छ ।
सांस्कृतिक सवाल र सामाजिक दबाबका कारण फक्सकोनले विवाहित महिलालाई काममा राख्ने नगरेको फक्सकोन इन्डियाका पूर्व मानव संसाधन अधिकारी एस. पलले बताएका छन् । विवाहपछिका अनेकौं समस्या भएको र यो मध्ये एक चाहिँ बच्चा भएको उनको भनाइ छ ।
पिक समयमा कर्मचारीको अभाव हुँदा चाहिँ फक्सकोनले विवाहित महिलालाई काममा राख्ने नीति केही खुकुलो बनाउने गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण