कुवेत सरकारले नेपालबाट थप २ लाख कामदार लैजाने विषयमा छलफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कुवेतले नेपालबाट थप २ लाख कामदार लैजाने विषयमा छलफल भएको बताएका छन् ।
मंगलबार एसिया कोअप्रेसन डायलग (एसीडी)को इरानको तेहरानमा भएको १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
परराष्ट्रमन्त्री श्रेष्ठले इरानको राजधानी तेहरानमा कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप दुई लाख नेपाली कामदार कुवेत लगिने जानकारी दिएको बताए । उनले कुवेतमा अहिले एक लाख नेपाली रहेको र अब तीन लाख पुर्याउने लक्ष्य कुवेतको रहेको जानकारी दिएको बताए । उनले कुवेतका विदेशमन्त्री अब्दुल्लाले यसैवर्ष काठमाडौँमा कुवेतले दूतावास खोल्ने जानकारी दिएको बताए ।
परराष्ट्रमन्त्री श्रेष्ठले भ्रमणको क्रममा इरानका कार्यवाहक परराष्ट्र मन्त्री, म्यानमारका उपप्रधान तथा विदेश मन्त्री, बहराइनका विदेश मन्त्री, कुवेतका विदेश राज्यमन्त्री, साउदी अरेवियाका उपविदेश मन्त्री र रुसका उपविदेश मन्त्रीसँग दुई पक्षीय भेटघाट गरी दुई पक्षबिच सहकार्य र हितका विषयमा समेत छलफल भएको बताए । उनले रुसको उपविदेश मन्त्रीसँगको भेटमा रुसी सेनामा भएका नेपाली सैनिकहरू नेपालमा फिर्ता गर्ने सम्बन्धमा पनि छलफल भएको बताए । उनले नेपाली नागरिक फिर्ता पठाउने विषयमा सहमत भएपनि कार्यविधि बनाउन बाँकी रहेको जानकारी दिएको उल्लेख गरे ।
परराष्ट्रमन्त्री श्रेष्ठले कति नेपालीहरू रुसी सेनामा सहभागी भएको भन्ने यकिन तथ्यांक नभएको बताए । उनले युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका सात जना नेपालीको क्षतिपूर्तिको व्यवस्था गर्ने प्रक्रिया अघि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण