नेपालमा स्वदेशी तथा विदेशी दुवै लगानी आवश्यक छ : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा स्वदेशी तथा विदेशी दुवै लगानी आवश्यक रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले दुवै लगानीलाई संवर्द्धन गर्न, लगानीको उपयुक्त वातावरण बनाउन पहिलो सर्त सरकारको तर्फबाट कानुनहरूमा सुधार, नीतिहरूमा सुधार, नीतिमा प्रष्टता यतिखेरको आवश्यकता सरकारले महसुस भएको बताए । उनले एउटा मन्त्रालयले एउटा काम गर्न खोज्दा ऐन अर्को मन्त्रालयबाट बाझिने खालका जटिलताहरू रहेको भन्दै जटिलता फुकाउन लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिएको बताए । उनले लगानी सम्मेलन कति सफल/असफल भएकोबारे समीक्षा हुने पनि बताए ।
मन्त्री भण्डारीले लगानीका लागि संशोधनको प्रस्ताव गरिएको ऐन पनि पर्याप्त नरहेको तर सरकारले सुरुवात गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण