नेपालमा स्वदेशी तथा विदेशी दुवै लगानी आवश्यक छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा स्वदेशी तथा विदेशी दुवै लगानी आवश्यक रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले दुवै लगानीलाई संवर्द्धन गर्न, लगानीको उपयुक्त वातावरण बनाउन पहिलो सर्त सरकारको तर्फबाट कानुनहरूमा सुधार, नीतिहरूमा सुधार, नीतिमा प्रष्टता यतिखेरको आवश्यकता सरकारले महसुस भएको बताए । उनले एउटा मन्त्रालयले एउटा काम गर्न खोज्दा ऐन अर्को मन्त्रालयबाट बाझिने खालका जटिलताहरू रहेको भन्दै जटिलता फुकाउन लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिएको बताए । उनले लगानी सम्मेलन कति सफल/असफल भएकोबारे समीक्षा हुने पनि बताए ।
मन्त्री भण्डारीले लगानीका लागि संशोधनको प्रस्ताव गरिएको ऐन पनि पर्याप्त नरहेको तर सरकारले सुरुवात गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय : राष्ट्रपति पौडेल
-
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : धनराज गुरुङ
-
११ सदस्यीय जुडो टोली भुटान प्रस्थान
-
राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैँ चुप लागेर बस्दैनौँ: सांसद झा
-
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने
-
ट्रम्प रिसाइरहँदा हार्वार्ड विश्वविद्यालयले पाउने भएन कुनै अनुदान