एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारलाई सर्यो
बुधबार, १२ असार २०८१, १२ : ०७

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ले आज बुधवारलाई बोलाएको सचिवालय बैठक बिहीबार बस्ने गरी समय सारेको छ । १० औँ राष्ट्रिय महाधिवेशनको तयारी र भइरहेका कामहरूबारे छलफल गर्न राखिएको बैठक नेताहरूको व्यस्तताका कारण बिहीबारलाई सारिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
‘आजका लागि पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी समय सारिएको छ’, नेकपा एकीकृत समाजवादीका कार्यालय सचिव समेत रहेका श्रेष्ठले भने, ‘नेताहरूको व्यस्तताका कारण बैठक सार्नुपरेको हो ।’
सो पार्टीको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा हुँदैछ । त्यसका लागि १८ सय महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको पार्टीले विभिन्न दस्ताबेजहरू अनुमोदन गर्न मस्यौदा तयार पारेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ
-
आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता