एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारलाई सर्यो
बुधबार, १२ असार २०८१, १२ : ०७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ले आज बुधवारलाई बोलाएको सचिवालय बैठक बिहीबार बस्ने गरी समय सारेको छ । १० औँ राष्ट्रिय महाधिवेशनको तयारी र भइरहेका कामहरूबारे छलफल गर्न राखिएको बैठक नेताहरूको व्यस्तताका कारण बिहीबारलाई सारिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
‘आजका लागि पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी समय सारिएको छ’, नेकपा एकीकृत समाजवादीका कार्यालय सचिव समेत रहेका श्रेष्ठले भने, ‘नेताहरूको व्यस्तताका कारण बैठक सार्नुपरेको हो ।’
सो पार्टीको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा हुँदैछ । त्यसका लागि १८ सय महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको पार्टीले विभिन्न दस्ताबेजहरू अनुमोदन गर्न मस्यौदा तयार पारेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण