भारतीय लोकसभामा विपक्षी दलका नेता बने राहुल गान्धी
नयाँ दिल्ली । भारतीय कंग्रेसका नेता राहुल गान्धी लोकसभामा विपक्षी दलका नेता बनेका छन् । सो पार्टीले मंगलबार कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निवासमा इन्डिया गठबन्धनको बैठकपछि गान्धीको नाम घोषणा गरिएको हो ।
यो बैठकपछि कंग्रेस संसदीय बोर्डकी अध्यक्ष सोनिया गान्धीले प्रोटेम सभामुख भर्तृहरि माहताबलाई यसबारे पत्र लेखेकी थिइन् । आफ्नो २० वर्षको राजनीतिक करियरमा राहुल पहिलोपटक कुनै संवैधानिक पदमा आसिन भएका हुन् । उनी यो पदमा रहने गान्धी परिवारका तेस्रो व्यक्ति हुन् । यसअघि राहुलका पिता तथा पूर्वप्रधानमन्त्री राजीव गान्धी र आमा सोनिया गान्धी यो पदमा बसिसकेका थिए ।
विपक्षी दलको नेताको रूपमा राहुलले तलब र अन्य भत्तासहित मासिक ३ लाख ३० हजार भारु पाउनेछन् । सांसदको रूपमा उनले हरेक महिना एक लाख तलब र ४५ हजार भत्ता पाउनेछन् । राहुलले क्याबिनेट मन्त्री सरहकै उच्चस्तरीय सुरक्षा पाउनेछन् भने निःशुल्क हवाई र रेल यात्राका साथै सरकारी गाडी र अन्य सुविधा पनि पाउनेछन् ।
१० वर्षदेखि खाली थियो विपक्षी दलको नेताको पद
लोकसभामा विपक्षी दलको नेताको पद १० वर्षदेखि खाली थियो । सन् २०१४ र सन् २०१९ मा कुनै पनि विपक्षी दलसँग सो पदका लागि नेता चयन गर्न आवश्यक मापदण्ड पुगेको थिएन । विपक्षी दलको नेता हुनका लागि लोकसभामा सम्बन्धित दलसँग कम्तीमा १० प्रतिशत सांसद चाहिन्छ । विपक्षी दलको नेता पदमा दाबी गर्न कुनै पनि दलसँग ५४३ सदस्यमध्ये कम्तीमा ५५ सदस्य हुनुपर्छ ।
सन् २०२४ को चुनावमा कांग्रेस ९९ सिटसहित सबैभन्दा ठुलो विपक्षी दल बनेको छ । यसअघि सन् २०१९ लोकसभा चुनावमा कांग्रेसले ५२ सिटमात्र जितेको थियो । सन् २०१४ को चुनावमा पार्टीले ४४ सिटमात्र जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण