निःशुल्क स्वास्थ्य सेवा पारदर्शी बनाउन मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवा पारदर्शी बनाउन निर्देशन दिएको छ ।
निजी अस्पताल, मेडिकल कलेजलगायतका देशभरका स्वास्थ्य संस्थाहरूले मन्त्रालय र मातहतका निकायहरूसँग सेवा सम्झौता गरी सेवा निःशुल्क तथा सहुलियतमा उपलब्ध नगराएको गुनासो आएको भन्दै मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवा पारदर्शी बनाउन निर्देशन दिएको हो ।
निःशुल्क स्वास्थ्य सेवा पारदर्शी गराउन नसक्ने स्वास्थ्य संस्थाहरूलाई कानुनको दायरामा ल्याई कारबाही गरिने र सेवा सम्झौता रद्द तथा इजाजत अनुमति र नवीकरण रद्द सम्मको कारबाही गरिने चेतावनी मन्त्रालयको छ ।
सबै सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूले निःशुल्क स्वास्थ्य सेवाको सूचना नागरिकलाई स्पष्ट र सजिलै बुझिने गरी टाँस गर्नुपर्ने छ ।
स्वास्थ्य संस्थाहरूले आफ्नो मुख्य प्रवेशद्वार, टिकट काउन्टर, रेडियो इमेजिङ विभाग, प्रयोगशाला विभाग, ओपिडी कक्ष र अन्तरङ्ग विभाग अगाडि ठुला अक्षरमा निःशुल्क सेवाहरूको स्पष्ट जानकारी देखिने गरी सूचना टाँस्न मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य संस्थाहरूले कुल शय्याको १० प्रतिशत शय्यामा निःशुल्क उपचारको व्यवस्था गर्नु र निःशुल्क उपचार गरिएका बिरामीहरूको विवरण स्वास्थ्य संस्थाको वेबसाइटमा अद्यावधिक गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ ।
यस्तै, सेवाग्राहीको फोटोसहितको प्रगति प्रतिवेदन हरेक साता मन्त्रालयमा पेस गर्न सरोकारवाला सबैमा मन्त्रालयले आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण