उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदूतबिच छलफल, निर्यातमा सहयोग गर्न आग्रह
काठमाडौँ । नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदूत रब फेनबिच दुई पक्षीय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिवृद्धिमा छलफल भएको छ । परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’ लगायत नयाँ कार्यक्रमहरू सुरु गरेकोमा धन्यवाद दिए ।
यसबाट नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने उनले विश्वास व्यक्त गरे । परिसंघले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको भन्दै बेलायती दूतावाससँग सहकार्यका लागि परिसंघ तयार रहेको बताए । अध्यक्ष अग्रवालले बेलायतसँग नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटामा रहेको उल्लेख गर्दै नेपाली वस्तुहरूलाई बेलायती बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोग गर्न राजदूतलाई आग्रह गरे ।
उनले नेपालको पूर्वाधार, विद्युत् तथा नवीकरणीय ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन भूमिका खेल्न आग्रह गर्दै बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा जोड दिए ।
सो छलफलमा नेपालका लागि बेलायती राजदूत फेनले नेपालमा आर्थिक गतिविधिहरू सञ्चालन गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न र दुई देशबिचको नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न बिजुली उत्पादन, ऊर्जा, प्रविधि, पर्यटन र कृषि व्यवसाय क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
साथै नेपाल इन बिजनेसजस्ता पहलहरूमार्फत नेपालसँगको आर्थिक साझेदारीलाई बलियो बनाउन बेलायत प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण