बागमती प्रदेशसभा बैठक : आजै बजेट पारित गर्ने तयारी
बिहीबार, १३ असार २०८१, ०८ : ३७

हेटौँडा । बागमती प्रदेशसभा बैठक आज पनि बस्दै छ । बिहान ११ः३० बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्ने तय भएको छ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ ।
बैठकमा बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार बिहीबारको बैठकमा विभागीय मन्त्रीको जवाफ पछि बजेटको संशोधन प्रस्तावमाथि छलफल सहित निर्णय गरिनेछ ।
प्रदेशसभा सचिवालयमा बजेटमाथि ९ वटा संशोधन प्रस्ताव दर्ता भएको उनले बताए । सांसदहरूले बजेटको १९ वटा बुँदामा संशोधन दर्ता भएको उनले बताए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्व ५४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थोमस मुलरका लागि सुखद रह्यो घरेलु मैदानमा खेलिएको अन्तिम खेल
-
गायक सुगम पोखरेलको 'यति छिटो' बोलको गीत सार्वजनिक
-
प्रचण्डलाई शंकर पोखरेलको प्रश्न–तपाईं के बोल्दै हुनुहुन्छ ?
-
नेपालमा फिल्मसिटी अत्यावश्यक भइसक्यो
-
‘फिल्मसिटी के हो भन्ने ६० प्रतिशत फिल्मकर्मीलाई नै थाहै छैन’
-
योजनाकाे होइन समस्याको प्राथमिकीकरण गर्नुपर्छ : जगतबहादुर पार्की