बागमती प्रदेशसभा बैठक : आजै बजेट पारित गर्ने तयारी
बिहीबार, १३ असार २०८१, ०८ : ३७
हेटौँडा । बागमती प्रदेशसभा बैठक आज पनि बस्दै छ । बिहान ११ः३० बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्ने तय भएको छ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ ।
बैठकमा बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार बिहीबारको बैठकमा विभागीय मन्त्रीको जवाफ पछि बजेटको संशोधन प्रस्तावमाथि छलफल सहित निर्णय गरिनेछ ।
प्रदेशसभा सचिवालयमा बजेटमाथि ९ वटा संशोधन प्रस्ताव दर्ता भएको उनले बताए । सांसदहरूले बजेटको १९ वटा बुँदामा संशोधन दर्ता भएको उनले बताए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्व ५४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण