रिङरोड विस्तारको कार्यलाई छिटो सम्पन्न गराउन कांग्रेस नेता पौडेलले दबाब यात्रा गर्ने
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन् । उनले रिङरोडको विस्तार कार्य ढिलाइ भइरहेकोले पटक पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत कामले गति नलिएको र बेवास्ता गरिएको भन्दै यही असार १५ गते दबाब यात्रा गर्ने बताएका छन् ।
काठमाडौँको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा धुँवा धुलोले यहाँको वातावरणदेखि स्थानीय बासिन्दा र सर्वसाधारण जनताको स्वास्थ्यमा प्रत्यक्ष रूपमा गम्भीर असर परिरहेको भनाइ पौडेलको छ। सरकारले महत्त्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको आरोप लगाउँदै नेता पौडेलले सरोकारवालालाई जिम्मेवार बनाउन दबाब यात्रा गर्ने बताएका हुन् ।
उनले पन्ध्र गते बिहान ७ बजे कलंकी चोकबाट यात्रा सुरु गरेर स्वयम्भू, बालाजु, बसपार्क–वसुन्धरा हुँदै चाबहिल धोबिखोला पुलमा पुगी सम्बोधन सहित समापन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।
केही दिनअघि पनि नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम छिटो सम्पन्न गर्न आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
यस्तै, उनले काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसँग पनि रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण