मध्यरातमा घरभित्र छिरेको चोरले दम्पतीको अन्तरङ्ग भिडियो खिचेर ब्ल्याकमेलिङ गर्न थालेपछि...
काठमाडौँ । चोरी गर्ने उद्देश्यले राति अर्काको घरभित्र छिरेको चोरले सोही घरको एक दम्पतीको अन्तरङ्ग भिडियो खिचेर ब्ल्याकमेलिङ गर्न थालेपछि घटनाले नयाँ मोड लिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको छत्तीसगढ राज्यको दुर्ग निवासी २८ वर्षीय विनयकुमार साहु सरकारी जागिर खान चाहन्थे । तर यसका लागि दिएको परीक्षामा उनी सफल हुन सकेनन् ।
त्यसपछि उनी सानोतिनो चोरीमा संलग्न भए । तरकारी बजारतिर डुल्दै उनी ग्राहकको मोबाइल चोरी गर्न थाले । त्यसपछि उनी घरमा पसेर चोरी गर्न थाले । यही क्रममा उनी यसअघि दुई पटक चोरी गरिसकेको घरमा तेस्रो पटक पनि चोरीकै लागि प्रवेश गरे ।
यस क्रममा विनयकुमारले बेडरुममा पति–पत्नीले अन्तरङ्ग पल बिताइरहेको देखे । त्यसपछि उनी झ्यालमा छलिएर सो दृश्यलाई भिडियोमा कैद गर्न थाले ।
भिडियो खिचिसकेपछि बिहान उनले सोही घरका मालिकलाई ह्वाट्सएपमा अन्तरङ्ग भिडियो पठाएर ब्ल्याकमेलिङ गर्न थाले । उनले १० लाख रुपैयाँ नदिए उक्त भिडियो भाइरल गरिदिने धम्की दिए ।
त्यसपछि सो दम्पतीले प्रहरीमा उजुरी गरे । प्रहरीले विशेष टोली परिचालन गरी आरोपितको खोजी सुरु ग¥यो । अन्ततः विनयकुमारलाई पक्राउ गर्न प्रहरी सफल भयो ।
प्रहरीले उनको साथबाट चोरीका तीन वटा मोबाइलसमेत बरामद गरेको छ । प्रहरीले उनको मोबाइलमा खिचिएको अन्तरङ्ग भिडियोसमेत डिलिट गरिदिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण